नियम १२
सहुलियत र सुविधा
(१) सार्वजनिक यातायातले पूर्ण अशक्त, अति अशक्त र मध्यम अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्रका आधारमा बस, रेल, हवाइजहाज जस्ता सार्वजनिक सवारी साधनबाट यात्रा गर्दा लाग्ने भाडामा पचास प्रतिशत छुट उपलब्ध गराउनु पर्नेछ।
(२) देहाय बमोजिमका सीट क्षमता भएका सार्वजनिक सवारी साधनले देहाय बमोजिमका सीट अपाङ्गता भएका व्यक्तिका लागि सुरक्षित राख्नु पर्नछः-
(क) दश वा सोभन्दा कम सीट क्षमता भएका सवारी साधनले एक सीट,
(ख) एघार देखि पन्ध्र सीट क्षमता भएका सवारी साधनले दुई सीट,
(ग) सोह्र देखि तीस सीट क्षमता भएका सवारी साधनले तीन सीट,
(घ) तीस भन्दा बढी सीट क्षमता भएका सवारी साधनले चार सीट,
(ङ) रेल लगायतका ठूला सवारी साधनले कूल सीट सङ्ख्याको कम्तीमा पाँच प्रतिशत सीट ।